केहि
महिना अघि लन्डन मा मेरो छिमेक को एउटा रेष्टुराँ मा साँझको खाना खान गएको
थिएँ. ढोका बाट पस्ना साथ ढोका मा उभिएकी एउटी सुन्दरीले शुभ सन्ध्या को
कामना गर्दै पूर्व निर्धारित टेबुल सम्म लिएर गइन र अर्की सुन्दरीलाई
हस्तान्तरण गरिन. उनले मेरो खान पिन को बन्दोबस्त गर्ने जानकारी दिइन र
सुन्दर मुस्कान सहित मिठो खाना खुवाउने
प्रण गर्दै मलाइ मेन्यु हेर्न लगाइन. मेनु हेर्दै गर्दा उनले खाना र पेय
पदार्थ हरुका बारेमा मिठा वर्णन गर्दै थिइन. पूर्व शिक्षक भएको नाताले र
उनको उमेर कमै जस्तो देखिने हुनाले मैले उनले सो रेस्टुराँ मा कति समय काम
गरिन, अहिले उनको पढाइ जारि नै छ वा सिद्धिएर यसै पेशामा लागेकि हुन्
इत्यादि कुरा पनि सोध्न भ्याएँ! उनले सो रेस्टुराँ मा ५ बर्ष जति काम
गरेकी र भर्खरै उनको मेडिकल डाक्टर को पढाइ पुरा गरेर आउँदो हप्ता देखि
मेरै छिमेक को अस्पताल मा काम शुरु गर्ने कुरो उल्लेख गरिन.
मेरो मन मा खाना खाउन्जेल सम्म उनको बारेमा कुरा खेली रहे. यसरि भोलि
डाक्टर बन्ने बिद्यार्थी समेत ले बिद्यार्थी उमेरमा भाँडा माझ्न समेत लाज
मान्दैनन र पो पश्चिमी देशमा मानिस हरेक किसिमका पेशालाई सानो र ठुलो
नभनिकन समान ब्यबहार र मर्यादा गर्छन. हाम्रो देशमा मा त जाबो चिट चोरेर
SLC पास गर्यो भने उल्टै बाबु आमाले मोटर साइकल नकिनिदिए आधा घण्टा हिंडेर
पुगिने क्याम्पस जान पनि महाभारत झैं ठान्छन, बाबु आमाले पनि सिन्को भाँच्न
लगाउंदैनन पढाइ बिग्रिन्छ भनेर - अनि त्यस्ताले भोलि जाबो डिग्री मात्र
पास गर्दैमा कहाँ बिक्न सक्छन! शुभ दिन! ...- BOz Raj
No comments:
Post a Comment